Logo

ल्याण्डिङ इन्डिकेटरमा समस्या आएको बुद्ध एयरको जहाज २ घण्टापछि सकुशल अवतरण, तयार थिए एम्बुलेन्स र दमकल

ल्याण्डिङ इन्डिकेटरमा समस्या आएको बुद्ध एयरको जहाज २ घण्टापछि सकुशल अवतरण, तयार थिए एम्बुलेन्स र दमकल



काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरका जहाज काठमाडौंमा सकुशल ल्याण्ड गरेको छ । लगातार २ घण्टा आकाशमा फन्को मारिरहेको जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

त्रिभुवन विमानस्थलबाट विराटनगरका लागि उडेको जहाजमा ल्याण्डिङ इन्डिकेटरले काम नगरेपछि २ घण्टासम्म आकाशमा जहाज फन्को लगाउनुपरेको बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले बताए । उनका अनुसार एउटा इन्डिकेटरले काम गरेपनि अर्काे इन्डिकेटरले काम नगरेपछि पाईलटलाई पाँग्रा झरेको नझरेको थाहा नहुँदा ल्याण्डीङमा समस्या आएको थियो ।

सोही अुनसार पाईलटले विराटनगरबाट सिधै जहाज काठमाडौं ल्याएर पनि २ घण्टासम्म आकाशमा घुमाईरहे । पछि इन्डिकेटरले काम नगरेपनि पांग्रा झरेको जानकारी पाईएपछि टिआईएमा फोर्स ल्याण्डिङ गरिएको जोशी बताउँछन् । विमानस्थलमा आकस्मिक अवस्थाका लागि भन्दै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्सलगायतको तयारी पुर्ण रुपमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL