Logo

६ महिना नचलाएको सिम अटोमेटिक ‘डिएक्टिभ’, सूचारु गर्न सेवा प्रदायकको काउन्टर पुग्नुपर्ने

६ महिना नचलाएको सिम अटोमेटिक ‘डिएक्टिभ’, सूचारु गर्न सेवा प्रदायकको काउन्टर पुग्नुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आफुसँग भएको एनटिसी अथवा एलसेलको सिम लामो समयसम्म प्रयोगमा आएको छैनन भने विचार गर्नुस त्यो डिएक्टिभ भएको हुनसक्छ । किनकी विगत केही महिना यता दुवै मोवाइल सेवा प्रदायकहरुले ६ महिनासम्म निष्क्रिय रहेको सिम डिएक्टिभ हुने सिस्टम लागु गर्न थालेका छन् ।

प्राधिकरणले गत चैतमा सेवाप्रदायकलाई ६ महीनादेखि प्रयोगमा नरहेका सिमकार्ड पुनः दर्ताका लागि सूचना जारी गरी ‘सिष्टम’बाट हटाउन र आफ्नो कम्पनीका सक्रिय ग्राहकको अद्यावधिक तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएको थियो ।

निर्देशनअनुसार ६ महीनादेखि एसएमएस, आगमन तथा निगमन कललगायत कुनै पनि सेवा प्रयोग नगरेका सिमकार्डको दर्ता खारेज हुने व्यवस्था छ । डिएक्टिभ भएका सिम पूनः प्रयोगमा ल्याउन भने सेवाप्रदायकले सूचना जारी गरी नियमित ‘अपडेट’ गर्नुपर्ने’ हुन्छ ।

नेपाल टेलिकमका प्रवक्ता डिल्ली अधिकारीका अनुसार एनटीसीको डिएक्टिभ गरिएका सिम पून एक्टिभ गर्न नजिकैको काउन्टरमा गएर ५० रुपैयाँ तिर्नुपर्छ ।

वास्तविक सक्रिय ग्राहक यकिन गर्नकै लागि सेवाप्रदायकलाई निर्देशन जारी गरिएको नेपाल दुरसञ्चार प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL