Logo

आवास पुनर्निर्माण मञ्च स्थापित, अन्तरराष्ट्रिय संस्था र सरकारबीच सहकार्य गर्ने

आवास पुनर्निर्माण मञ्च स्थापित, अन्तरराष्ट्रिय संस्था र सरकारबीच सहकार्य गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भूकम्पपछि राहत तथा पुनर्वासका क्षेत्रमा क्रियाशील ६१ राष्ट्रिय र अन्तरराष्ट्रिय सङ्घसंस्थासँगको सहकार्य, समन्वय एवम् परिचालन आवास पुनर्निर्माण तथा पुनःस्थापना मञ्चबाट हुने भएको छ । सेल्टर क्लस्टरले गर्दै आएकोमा बिहीबरदेखि पुनःस्थापना मञ्चबाट हुन लागेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको प्रमुख आतिथ्यमा बिहीवार भएको सो समूहको बैठकमा सेल्टर क्लस्टरको अन्त्य तथा मञ्चको सुरुआतको घोषणा गरिएको थियो । मञ्चले आगामी दिनमा सुरक्षित घर तथा आवास निर्माणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्था र सरकारबीच सहकार्य गर्ने सहरी विकास तथा भवन निर्माण विभागले बताएको छ ।

बैठकले आबद्ध सम्पूर्ण सङ्घसंस्थालाई आफ्नो विवरण, अनुभव, हाल गरिरहेको र भविष्यमा गरिने कार्यको विवरण जति सक्दो छिटो बुझाउन फारामको ढाँचासमेत उपलब्ध गराएको विभागका उपमहानिर्देशक रवि शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL