Logo

सरकारका कारण स्यानीटरी प्याडको मूल्य बढेकै हो त ? यस्तो छ अर्थमन्त्रालयको स्पस्टीकरण

सरकारका कारण स्यानीटरी प्याडको मूल्य बढेकै हो त ? यस्तो छ अर्थमन्त्रालयको स्पस्टीकरण



काठमाडौँ । वर्तमान सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति अर्थमन्त्रायले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले स्यानीटरी प्याड आयातमा आ।व। २०६९(७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको हो जानकारी दिदै नबढाइएको स्पष्ट गरेको हो ।

मन्त्रालयले वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

त्यस्तै स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको बताउदै स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको स्पष्ट गरेको छ ।

ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL