Logo

एक महिनामै १ खर्ब ७२ अर्ब बढी सहुलियत कर्जा प्रवाह, कृषि क्षेत्र सबैभन्दा अगाडि

एक महिनामै १ खर्ब ७२ अर्ब बढी सहुलियत कर्जा प्रवाह, कृषि क्षेत्र सबैभन्दा अगाडि



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना अर्थात साउनमा मात्रै १ खर्ब ७२ अर्ब १७ करोड रुपैयाँ बढी सहुलियतपुर्ण कर्जा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न १० शीर्षकमा दिईने यस्तो कर्जामा पछिल्लो समय आकर्षण बढ्दै गएका कारण पहिलो महिना नै सो बराबरको कर्जा प्रवाह भएको हो ।

साउन महिनामा त्यसको अघिल्लो महिना अर्थात असारको तुलनामा यस्तो कर्जा प्रवाह ११ अर्बले बढेको छ । यस्तै गत आवको पहिलो महिनाको तुलनामा भने १ खर्ब १३ अर्बले कर्जा प्रवाह बढेको देखिन्छ । गत आवको पहिलो महिना अर्थात साउन महिनामा विभिन्न बैंकहरुबाट सहुलियतपुर्ण कर्जा शीर्षकमा ५९ अर्ब ५६ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको थियो ।

पछिल्लो समय सहुलियतपुर्ण कर्जाको प्रचार, शीर्षक थप, सहजीकरणलगायतका कारण यस्तो कर्जामा आकर्षण बढेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

चालु आवको पहिलो महिनामा १ लाख ११ हजार ४ सय ७१ कम्पनी, संस्था, व्यक्तिले सहुलियतपुर्ण कर्जा लिएका हुन् । नेपाल राष्ट्र बैंकले सहुलियतपुर्ण कर्जा शीर्षकमा परेका क्षेत्रहरुमा कर्जा प्रवाह गर्दा ब्याजदरमा ५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । व्यवसायिक पशुपालन, शिक्षित युवा स्वरोजगार कार्यक्रम, कपडा उद्योगीलगायत सहुलियत कर्जा सुविधा पाउँछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिना सबैभन्दा बढी सहुलियतपुर्ण कर्जा भने व्यवसायिक कृषि तथा पशुपालन शीर्षकमा प्रवाह भएको छ । साउन महिनामा मात्रै यो क्षेत्रमा १ खर्ब १२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । राष्ट्र बैंकका अनुसा धेरै सहुलियत कर्जा भने महिला उद्यमशिल कर्जा शीर्षकमा प्रवाह भएको देखिन्छ । यो शीर्षकमा साउन महिनामा मात्रै ५५ अर्ब ७८ करोड रुपैयाँ बढी सहुलियतपुर्ण कर्जा विस्तार भएको छ ।

यस्तो कर्जा लिने महिलाको संख्या पहिलो महिना नै ६० हजार ३ सय २२ छ । यस्तै चालु आवको पहिलो महिना कपडा उद्योगीलाई दिईन सहुलियत कर्जा भने २ अर्ब २७ करोड रुपैयाँ बढी प्रवाह भएको छ । यस्तै युवा स्वरोजगार कर्जा, भूकम्पपीडित आवास पुनर्निर्माण कर्जा, उच्च शिक्षा कर्जामा क्रमशः ३१ लाख, ५ करोड ४२ लाख र २ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL