Logo

विद्युतीय सवारीका लागि देशभर ५०० वटा चार्जिङ स्टेसन निर्माण गरिने, प्राधिकरणले माग्यो आशय पत्र

विद्युतीय सवारीका लागि देशभर ५०० वटा चार्जिङ स्टेसन निर्माण गरिने, प्राधिकरणले माग्यो आशय पत्र



काठमाडौं । नेपाल सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यले यो वर्ष देशभरका विभिन्न निजी संस्थाहरूसँग मिलेर ५०० वटा चार्जिङ स्टेसन पूर्वाधार निर्माण गर्ने कार्यक्रम तय गरेको छ ।

सोही उद्देश्यका साथ नेपाल विद्युत प्राधिकरणले आशय पत्र मागरे को छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै देशभरका स्थानीय स्तरमा चार्जिङ स्टेसन जडान गर्न इच्छुक निजी संस्थाहरूलाई कार्यालयमा अविलम्ब सम्पर्क गर्न भनेको छ ।

प्राधिकरणले आवश्यकताअनुसार देशभरका राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थासँग सहकार्यका लागि कार्यक्रम तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL