Logo

वाणिज्य विभागले भन्यो : बजारमा चिनिको अभाव छैन, मूल्य बढाउने चलखेल नहोस

वाणिज्य विभागले भन्यो : बजारमा चिनिको अभाव छैन, मूल्य बढाउने चलखेल नहोस



काठमाडौं । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चिनीको अभाव नरहेको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै विभागले पछिल्लो समय बजारमा चिनिको अभाव देखाई मूल्य बढाउने चलखेल सुरु भएको भन्दै यसको अभाव नभएको बताएको हो ।

विभागको विज्ञप्तिमा पछिल्लो समय उपभोक्ताहरुमा भ्रम सिर्जना गर्ने खालका सूचना बाहिर ल्याई चिनीको मूल्य बढाउने प्रक्रिया सुरु भएको छ । तर, बजारमा आगामी ३ महिनाका लागि पुग्ने चिनी रहेको विभागले जानकारी दिएको छ । यसरी बजारमा पर्याप्त मात्रामा चिनी रहेकाले उपभोक्ताहरुले हतासमा चिनी चाहिनेभन्दा बढि खरिद गरेर भण्डारण नगर्नसमेत विभागले आग्रह गरेको छ ।

विभागका प्रवक्ता सिवराज सेढाईँका अनुसार हाल बजारमा अझै ३ महिनालाई पुग्ने चिनीसँगै थप आपुर्तीका लागि समे पहल भईरहेको छ । यस्तै विभागले आपुर्तीकर्तालाई बजारमा चिनीको अभाव देखिनेखालका क्रियाकलाप नगर्नसमेत चेतावनी दिएका छ ।

प्रतिक्रिया दिनुहोस्
MBL