Logo

डा नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त, एक बजे सपथ लिएर बेलुकी साढे आठ बजे अमेरिका प्रस्थान गर्ने

डा नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त, एक बजे सपथ लिएर बेलुकी साढे आठ बजे अमेरिका प्रस्थान गर्ने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले डा खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयले भनेको छ‘‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८।३,२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा। नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ ।’

परराष्ट्रमन्त्रीमा नियुक्त ड खड्काले आजै १ बजे शपथ लिने तयारी रहेको छ । परराष्ट्रमन्त्रीमा खड्काले आफ्नो कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आजै बेलुकी ८ः३० मा न्यूयोर्क जाने कार्यक्रम रहेको बुझिएको छ ।

यसअघि मंगलबार सत्ता गठबन्धनका नेताहरुबीच डा खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको थियो । डा खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL