Logo

आजपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

आजपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले बढेर प्रतितोला ९० हजार १ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंमलबार ३ सय रुपैयाँ प्रतितोला बढेर छापावाला सुन तोला ८९ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रहेको छ ।

त्यसैगरी बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाले बढेर प्रतितोला ११६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्यमा मंगलबार तोलमा ५ रुपैयाँ वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL