Logo

एफएनसीसीआई सिएनआईका अध्यक्षदेखि बैंकरसम्म पदकबाट विभुषित, ९०३ जनाले पाउँदा ४० बढी व्यवसायी सम्मानित (सूचीसहित)

एफएनसीसीआई सिएनआईका अध्यक्षदेखि बैंकरसम्म पदकबाट विभुषित, ९०३ जनाले पाउँदा ४० बढी व्यवसायी सम्मानित (सूचीसहित)



काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । जसमध्ये ४० बढि जना भने उद्योगी व्यवसायी परेका छन् । राष्ट्रपति कार्यालयका अनुसा आज विभुषित हुनेमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत उद्योगी व्यवसायी विभुषित भएका हुन् । उद्योगीहरुमध्ये नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सिएनआईका अध्यक्ष विष्णु कुमार अग्रवाल भने सुप्रवल जनसेवाश्री पदवीबाट विभुषित भएका हुन् ।

नेपालको संविधानको धारा २ सय ७७ को उपधारा ९ सय १० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्वल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेकी हुन् ।

यसैगरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गरेकी हुन् ।

राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गरेकी छन् ।

यी हुन् विभुषित हुने उद्योगी व्यवसायीहरु :

  1. शेखर गोल्छा, एफएनसीसीआई अध्यक्ष
  2. विष्णुकुमार अग्रवाल, सिएनआई अध्यक्ष
  3. कैलाशचन्द्र गोयल
  4. विष्णु प्रसाद न्यौपाने
  5. राजेन्द्रकुमार खेतान
  6. शिवरत्न सारडा
  7. मोतिलाल दुगड
  8. साहिल अग्रवाल
  9. ध्रुवकुमार श्रेष्ठ
  10. डा. उपेन्द्र महतो
  11. देविप्रकाश भट्टचन
  12. कैलाश सिरोहिय
  13. रामेश्वर थापा
  14. विनोदराज ज्ञवाली
  15. सुरेन्द्रवीर मालाकार
  16. राजु ढकाल
  17. गोकुल भण्डारी
  18. अर्जुनमान सैंजु
  19. गोविन्द गोयन्का
  20. नारायण अग्रवाल
  21. कुञ्ज अग्रवाल
  22. अम्बिकाप्रसाद पौडेल
  23. रमेश शर्मा
  24. सञ्जयकुमार खेतान
  25. देवकृष्ण मुण्दडा
  26. कमलकिशोर मालपानी
  27. उपेन्द्र पौडेल
  28. रविना देशराज श्रेष्ठ
  29. सुनिलबल्लभ पन्त
  30. दिपप्रकाश पाण्डे
  31. बद्री गुरागाँई
  32. सौरभ दुगड
  33. चिन्तामणी न्यौपाने
  34. नारायण बजाज
  35. राजेन्द्र मल्ल
  36. कमलकिशोर मालापनी
  37. पाल्पाका यादवसिंह कार्की
  38. राधेश्याम हलुवाई
  39. दीलप्रकाश भट्ट
  40. सहकारी अभियन्ता चन्द्र ढकाल
  41. पोखराका कृषि व्यवसायी अम्मरबहादुर बानियाँ
  42. साना उद्योग व्यवसायी सागर थापा
  43. पर्यटन व्यवसायी प्रेमकण्ठ श्रेष्ठ
  44. रुपन्देहीका व्यवसायी चुन्नप्रसाद पौडेल
  45. काठमाण्डौका व्यवसायी नरिश्वर शर्मा

प्रतिक्रिया दिनुहोस्
MBL