Logo

चीनबाट ‘इन्डक्सन चुलो’ ल्याउन टीआईएको सहमति, थप १० हजार थान आउँदै

चीनबाट ‘इन्डक्सन चुलो’ ल्याउन टीआईएको सहमति, थप १० हजार थान आउँदै


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । चीन सरकारले अनुदानमा दिन लागेको ‘इन्डक्सन चुलो’ ल्याउन नेपाल नागरिक उड्न प्राधिकरणले अनुमति दिएको छ । पछिल्लो पटक चीनले थप १० हजार थान इन्डक्सन चुलो दिने भनिएपनि हवाइमार्गबाट ल्याउँदा त्यसको भार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमताभन्दा बढी हुने भएकाले रोकिएको थियो । तर, हिजो मात्रै उक्त चुलो  ल्याउन चाइनीज जहाजलाई स्वीकृति दिइएको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बिजखबरलाई जानकारी दिए ।

टीआईएमा सामान्य अवस्थामा १ सय ९६ टन भार भएको कार्गो जहान अवतरण गर्न मिल्छ । तर, इन्डक्सन लिएर आउने जहाजको भार २ सय १३ टनभन्दा बढी हुने भएको छ । एक पटकमात्र बढी भार भएको जहाज ल्याउन लागिएकोले स्वीकृति दिइएको पोखरेलले जानकारी दिए । ‘प्राधिकरणको हिजो बसेको बैंठकले चीनियाँ जहाजलाई अहिलेको क्षमताभन्दा बढी भार बोकेर टीआईमा ल्याण्ड गर्न स्वीकृति प्रदान हो,’ उनले भने, ‘अव चीनियाँ ‘बोइङ ७४७’ ले इन्डक्सन चुलो लिएर आउने छ ।’

पोखरेलका अनुसार बढी भार ल्याउँदा टीआईको क्षमताले धान्ने वा नधान्ने विषयमा इन्जिनियरहरुले सर्वे समेत गरेको थियो । कहिलेकाही बढी भार ल्याउँदा पनि टीआइएको धावनमार्ग केही नहुने देखिएपछि स्वीकृति दिइएको हो ।

नेशनल ट्रेडिङले सन् २०१५ भित्रै थप १० हजार थान इन्डक्सन चुलो ल्याउने बताएको थियो । तर, टीआईको क्षमताभन्दा बढी भार भएको जहाज ल्याउनु पर्दा केही ढिलाइ भएको बताएको छ । ‘भर्खरै मात्र टीआईले अहिलेको सामान्य क्षमताभन्दा बढी भार ल्याउनका लागि स्वीकृति दिएको छ,’ नेशनल ट्रेडिङका एक अधिकारीले भने, ‘अव चीनबाट तत्काल इन्डक्सन चुलो ल्याउने छौं ।’ यस अघि नेशनल ट्रेडिङले चीनबाट १ हजार ३ सय इन्डक्सन चुलो ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL