Logo

महालेखाले फुकायो बजेट शून्यताको गाँठो, सबै प्रकारका भुक्तानी फुकुवा

महालेखाले फुकायो बजेट शून्यताको गाँठो, सबै प्रकारका भुक्तानी फुकुवा



काठमाडौं । संसदमा सहमति नबन्दा विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट खर्च गर्न नपाउने गरि उत्पन्न भएको बजेट शून्यताको गाँठो महालेखाले फुकाएको छ ।

महालेखा नियन्त्रको कार्यालयले बुधबार एक पत्र जारी गर्दै सबै प्रकारका भुक्तानी फुकुवा गरेको हो । महालेखाले आब २०७८र०७९ को बजेट निकासा फुकुवा सम्बन्धमा भन्दै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, सबै प्रदेश लेखा नियन्त्रण कार्यालय, सबै प्रदेश लेखा ईकाई कार्यालयलाई पत्र पठाएको हो ।

‘प्रस्तुत विषयमा अर्थ मन्त्रालयको पत्र संख्या ७८१४९ च.नं. ७१ मिति २०७८।५।२८ पत्रानुसार प्रतिस्थापन विधेयक तयार गर्ने सन्दर्भमा मन्त्रालयगत बजेट सूचना प्रणाली मा क्रियाकलापहरु प्रविष्टी गर्ने प्रयोजनका लागि मन्त्रालयको प.न.७० मिति २०७८।५। २४ को पत्र र यस कार्यालयको च.न. ३८ मिति २०७८।०२।२४ पत्रबाट नेपाल सरकारको पेन्सन र तलब सता बाहेक अन्य सम्पूर्ण सरकारी कारोबारको भुक्तानी रोक्का गरिएकोमा मिति २०७८।०५।२५ मा प्रतिनिधिसभामा माननीय अर्थमन्त्रीज्यूबाट प्रतिस्थापन विधेयकको रुपमा विनियोजन विधेयक, २०७८ पेश भईसकेको हुँदा प्रचलित कानुन अनुसार गर्ने गरी सबै प्रकारका भुक्तानी फुकुवा गरिएको व्यहोरा निर्णयअनुसार अनुरोध छ,’ महालेखाको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL