Logo

सुन प्रतितोला ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन प्रतितोला ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं ।पाली बजारमा आज (आइतबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले घटेर ९० हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोला ९० हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ११९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL