Logo

के तपाइँ डेबिट कार्ड, क्रेडिट कार्ड, बैंक खाता, पिन नम्बर, पासवर्डजस्ता विवरण फोनमा सेभ गर्नुहुन्छ ? जुनसकै बेला हुनसक्छ ह्याक

के तपाइँ डेबिट कार्ड, क्रेडिट कार्ड, बैंक खाता, पिन नम्बर, पासवर्डजस्ता विवरण फोनमा सेभ गर्नुहुन्छ ? जुनसकै बेला हुनसक्छ ह्याक



काठमाडौं । पछिल्लो समय नेपालमा पनि डिजिटल बैकिङको प्रयोग फष्टाउँदो छ । जसका कारण अहिले हामी धेरै ईन्टरनेट बैंकिंङमा निर्भर हुादै गएका छौं । विशेष गरी ईकमर्स वेबसाइटहरुबाट किनमेल गर्दा होस वा अन्य पेमेण्टहरुमा पनि डिजिटल बैकिङको प्रयोग निकै बढेको छ । यसकारण मानिसहरु धेरै पटक डेबिट वा क्रेडिट कार्ड, एटीएम पिन, कार्ड, प्यान नम्बर र अन्य महत्वपूर्ण पासवर्डहरुको जानकारी आफ्नो फोन वा ईमेल आईडी सेभ गर्ने गर्दछन् ।

यो बानीले भने तपाई हामी गम्भीर समस्यमा पर्न सक्ने खतरा भने बढिदै गएको छ । किनकि ह्याकरहरु अहिले प्राय यी विवरणहरुलाई लक्षित गरी कसैको निजी विवरणको दुरुपयोग गर्दछन् । एउटा भर्खरैको सर्वेक्षणका अनुसार धेरै प्रयोगकर्ताहरु अझै पनी विशेषज्ञहरुद्वारा सुझाईएका कुनै सुरक्षा अभ्यासको पालना गर्दैनन् र आफ्नो फोनमा डेबिट कार्ड, डेबिट कार्ड र अन्य महत्वपूर्ण जानकारी भण्डारण गरेर असुरक्षित तरीकाहरु को उपयोग गर्दछन् ।

सोसल मिडिया प्लेटफर्म लोकल सर्कलले गरेको सर्वेक्षणमा २४,००० भन्दा बढी मानिसहरुको प्रतिक्रिया संकलन छ । सर्वेक्षणअनुसार ८१५८ मध्ये २ प्रतिशत सहभागीहरुले आफ्नो क्रेडिट र डेबिट कार्ड एटीएम पिन ‘एक वा धेरै’ नजिकका परिवारका सदस्यहरुलाई दिएको बताए । जबकि चार प्रतिशतले भने घरेलु कर्मचारीहरुलाई यस्तो विवरण दिएको पाईयो । जबकि ५ प्रतिशत मानिसहरुले भने उनीहरु अरु कसै सँग यसप्रकारको विवरण नदिने र नखुलाउने बताए ।

बैंक खाता नम्बर, डेबिट, क्रेडिट कार्ड सीभीभी नम्बर, एटीएम पिन, प्यान कार्डजस्ता संवेदनशील जानकारीको सर्वेक्षणमा भनिएको छ कि ८४६० प्रतिक्रियाहरु मध्ये २१ प्रतिशतले उनीहरुलाई जानकारी आफ्नो निलगायत विवरण याद हुने बताए । यस्तै ३९ ले लिखितमा यस्तो विवरण कागजमा टिपेर राख्ने गरेको बताए ।

तर, ३३ प्रतिशत उत्तरदाताहरुले आफ्नो फोन, इमेल र कम्प्युटरमा डिजिटल रूपमा डाटा भण्डारण गरेको बताए । यसैगरिलगभग ११ प्रतिशत उत्तरदाताहरु आफ्नो फोनको सम्पर्क सूचीमा महत्वपूर्ण जानकारी भण्डारण गरेर राख्ने गरेको बताए । जुन गोपनीयताको लागि एकदमै हानिकारक रहेको विशेषज्ञहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL