Logo

प्रतिस्थापन बजेटमा सरकारको घोषणा, विपन्नलाई १० हजार र दीर्घ रोगीलाई मासिक ५ हजार भत्ता

प्रतिस्थापन बजेटमा सरकारको घोषणा, विपन्नलाई १० हजार र दीर्घ रोगीलाई मासिक ५ हजार भत्ता



काठमाडौं । सरकारले विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने घोषणा गरेको छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको नवौँ अधिवेशनको बैठकमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै कोभिड–१९ प्रभावबाट रोजगारी र आयआर्जन गुमाएर अनौपचारिक एवं असंगठित क्षेत्रका विपन्न पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने व्यवस्था गरेको बताएका हुन् ।

साथै सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने भएको छ । यस्तै सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने भएको छ । अर्थमन्त्री शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL