Logo

प्रतिनिधि सभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस हुँदै, स्रोत सुनिश्चित नभएका कार्यक्रम बजेटबाट हटाइने

प्रतिनिधि सभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस हुँदै, स्रोत सुनिश्चित नभएका कार्यक्रम बजेटबाट हटाइने



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विभिन्न विधेयक पेश गर्ने कार्यसूची रहेको छ । जसमध्ये आज बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश गर्ने सरकारको तयारी गरेको छ । प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक लगाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अधिवेशनको पहिलो दिन २३ भदौमा बसेको तीन वटै बैठकमा नाराबाजी गरेको थियो । त्यसका बाबजुद तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेको सरकारले आज पनि अवरोध भए पनि प्रतिस्थापन विधेयक टेबल गर्ने तयारी गरेको छ ।

ओली सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरु हटाएर न्युनतम् साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरुले बताएका छन् । स्रोतका अनुसार अर्थमन्त्री जनादर्न शर्मा र मन्त्रालयको टिमले बनाएको प्रातिस्थापन विधेयकमा कांग्रेसको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वमन्त्री मिनेन्द्र रिजालले राय सल्लाह दिएका थिए ।

त्यसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको टिमले पनि काम गरेपछि बिहीबार साँझपख मोटामोटी अन्तिम रुप दिइएको स्रोतले बताएको छ । बजेटमार्फत मुख्य रुपमा ओली सरकारले राज्यको ढुकुटीमाथि अधिक भार पर्ने गरी घोषणा गरेका विभिन्न कार्यक्रम तथा आयोजनाको बजेट कटौती गरिने सत्तारुढ दलका नेताहरुको भनाइ छ । पूर्व तयारी नभएको र स्रोत पनि सुनिश्चित नगरी राखिएका कार्यक्रमलाई बजेटबाट हटाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL