Logo

‘ट्याक्स हेभन कन्ट्री’बाट भित्रियो सवा १५ अर्ब वैदेशिक लगानी, लाभांश फिर्ता भने ६० प्रतिशतले घट्यो

‘ट्याक्स हेभन कन्ट्री’बाट भित्रियो सवा १५ अर्ब वैदेशिक लगानी, लाभांश फिर्ता भने ६० प्रतिशतले घट्यो



काठमाडौं । नेपालमा ‘ट्याक्स हेभन कन्ट्री’ बाट वैदेशिक लगानी भित्र्ने क्रम बढेको छ । पछिल्लो समय त्यस्ता देशबाट नेपालमा वैदेशिक लगानी भित्रिन थालेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनसार ट्याक्स हेभन कन्ट्री सन्ट किष्टम एण्ड नेभिससबाट नेपालमा १५ अर्ब २७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालमा भित्रने प्रत्यक्ष वैदेशिक लगानीमा ट्याक्स हेभन कन्ट्री तेस्रो स्थानमा रहेको छ । नेपालमा हालसम्म भारतबाट सबैभन्दा बढि लगानी भित्रिएको छ भने चीन दोस्रो स्थानमा रहेको छ । नेपालमा सबैभन्दा कम ताईवानबाट १० लाख रुपैयाँ मात्र वैदेशिक लगानी भित्रिएको छ ।

यसैगरी पछिल्लो समय वेदैशिक लगानीका कम्पनीहरुले लैजाने लाभांशमा भने उच्च गिरावट आएको छ । आर्थिक वर्ष २०७५।७६ को तुलनमा आव २०७६।७७ मा त्यस्ता कम्पनीले लैजाने लाभांशमा ६० प्रतिशतको गिरावट आएको छ । वैदेशिक लगानीका कम्पनीले आव २०७५।७६ मा २७ अर्ब ७८ करोड रुपैयाँ लाभांश लगेकोमा आव २०७६।७७ मा १२ अर्ब ९० करोड रुपैयाँ मात्रै लगेका छन् । पछिल्लो समय त्यस्ता कम्पनीहरुको मुनाफामा गिरावट आएसँगै लाभांश लैजाने क्रम घटेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

तर सो सो अबधिमा वैदेशिक लगानीका कम्पीहरुको रिजर्भ भने बढेको छ । आर्थिक बर्ष २०७५।७६ मा त्यस्ता कम्पनीहरुको रिजर्भ २७ प्रतिशतले नकारात्म रहेकोमा आव ७६।७७ मा १४ प्रतिशतले मात्रै ऋणात्मक रहेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL