Logo

घट्यो सुनको मूल्य, प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार हुँदैं

घट्यो सुनको मूल्य, प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) हरितालिका (तीज) पर्व का दिन सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा आज सुनको मूल्य १०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार २१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL