Logo

तीजको शुरुमै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तीजको शुरुमै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाल िबजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । आज नारीहरुको महान पर्व तीज शुरु भएकै दिन सुनको मूल्य ओरालो लागेको हो । बजारमा तीजलाई सुन व्यापारको मौसम पनि भनिन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ७ सयले घटेर ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९१ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैँयाले घटेर प्रतितोला १२२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL