Logo

सवारी लाइसेन्सको लिखित र ट्रायल खुलेपनि अनलाइन आवेदन दिएका लाखौं अन्यौलमा, नयाँ आवेदन पनि नखुल्दा थप समस्या

सवारी लाइसेन्सको लिखित र ट्रायल खुलेपनि अनलाइन आवेदन दिएका लाखौं अन्यौलमा, नयाँ आवेदन पनि नखुल्दा थप समस्या



काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेकोसवारी चालक अनुमतिपत्र (लाईसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा भदौं २० गतेदेखि शुरु गरेको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै लिखित तथा प्रयोगात्मक परीक्षा लिन सकिने व्यवस्था भएसँगै अहिले लिखित तथा प्रयोगात्मक परीक्षा चलिरहेको छ ।

सबैभन्दा धेरै आवेदकहरु हुने बागमती प्रदेशका सबै यातायात कार्यालयहरुले बायोमेट्रिक गरेका सेवाग्राहीहरुको लिखित र प्रयोगात्मक परीक्षा संचालन गरिसकेका छन् । तर, अनलाईन आवेदन मात्रै दिएर लाखौं सेवाग्राहीहरु भने कहिले बायोमेट्रिक हुने र कहिले लाइसेन्सका लागि परीक्षा लिने भन्नेसम्बन्धमा कुनै निर्णय नहुँदा अन्यौलमा परेका छन् । यातायात व्यवस्था विभागले हाल कोरोना अघि राजस्व तिरिसकेकालाई मात्रै परीक्षाका लागि आह्वान गरिएको बताइएको छ । यातायात कार्यालय चावहिलका एक अधिकारीका अुनसार अहिले सोही व्यवस्थाअनुसार कोरोना अघि राजस्व तिरिसकेकालाई मात्रै परीक्षामा सामेल गराइएको छ ।

गत बैशाख १६ गतेदेखि नेपालमा दोस्रो चरणको निषेधाज्ञा सुरु भएयता ड्राईभिङ लाइसेन्ससम्बन्धी सबै कामहरु स्थगित गरिएका थिए । तर, सरकारले कोरोना महामारीको सन्त्रास कम भएको भन्दै अहिले प्रायः सबै क्षेत्र खुला गरेसँगै यातायात व्यवस्था विभागले लिखित तथा प्रयोगात्मक परीक्षा लिन सकिने व्यवस्था गरेको थियो । तर, विभागले नयाँ लाईसेन्सका लागि अनलाईन आवेदन लिने र आवेदन भरेकाहरुको परीक्षाको बारेमा कुनै निर्णय नगरेकाले लाखौंमा अन्यौलता छाएको छ । विशेषगरि वैदेशिक रोजगारीमा जाने तथा रोजगारकिा लागि सवार िलाइसेन्स आवश्यक परेकाहरु विभागले निर्णय गर्दा अन्यौलमा परेका छन् । हाल ६ देखि ७ लाख सेवाग्राहीले नयाँ लाईसेन्सका लागि विभागमा अनलाईन आवेदन बुझाएका छन् भने लाखौं नयाँ आवेदनका लागि कुरेर बसिरहेका छन् ।

विभागले कोरोना अघि राजस्व तिरिसकेकाहरुको परीक्षा सकेर मात्रै नयाँ आवेदन लिने तयारी गरेको विभागका एक अधिकारीले बिजखबरलाई बताए । यता विभागले भने त्यसको निर्णयबारे कुनै छलफलसमेत नभएको बताएको छ । विभागकाअनुसार हालसम्म त्यस्तो निर्णय र सोबारे छलफलसमेत भएको छैन् । कोरोना महामारीको सन्त्रास कम भईसक्दा पनि विभागले नयाँ सेवाग्राहीका लागि निर्णय लिन नसक्दा सेवाग्राही मर्कामा परेका हुन् ।

निषेधाज्ञा अगाडि लाइसेन्सका लागि आवेदन दिएका सेवाग्राहीको कार्यालय भिजिट गर्ने मिति भने आगामी बर्षको जुन, जुलाई महिनासम्म परेको छ । तर, निषेधाज्ञामा पालो परेकाहरुको हकमा के हुने भन्नेबारेसमेत विभागले निर्णय गर्न सकेको छैन । विभागका प्रवक्ता लोकनाथ भुषाल निशेधाज्ञामा पालो परेकाले पुनः अनलाइन आवेदन भर्नुपर्ने बताउँछन् । तर, महानिर्देशक नमराज घिमिरे भने पुनः आवेदन दिन नपर्ने तर, ््पालो भने पछि पुग्न सकने बताउँछन् ।

हाल विभागमा ट्रायल दिएर पास भएकाहरुलाई वितरण गर्नुपर्ने पर्याप्त स्मार्टकार्ड नभएकाले पनि विभागले यसको निर्णय गर्न ढिलाई गरिरहेको हुनसक्ने आँकलन गरिएको छ । तर, विभागले स्मार्ट लाईसेन्सको सट्टा तत्कालका लागि १ बर्षको म्याद भएको क्युआर कोडसहितको प्रोभिजन्ड लाईसेन्सको व्यवस्था गरेको छ । लाइसेन्सका लागि स्मार्ट कार्ड छपाईको जिम्मा पाएको फ्रान्सेली कम्पनीले भने हालसम्म कार्ड विभागलाई उपलब्ध गराएको छैन ।

प्रतिक्रिया दिनुहोस्