Logo

एकदिन पनि टिकेन सेयर बजारको उछाल, परिसूचक ४४.१८ अंकले घट्दा कारोबार रकमले पनि छाड्यो साथ

एकदिन पनि टिकेन सेयर बजारको उछाल, परिसूचक ४४.१८ अंकले घट्दा कारोबार रकमले पनि छाड्यो साथ



काठमाडौं । सोमबार रेकर्ड अंकमा वृद्धि भएको सेयर बजारको उछाल मंगलबार भने पतन भएको छ । सोमबार अहिलेसम्मकै उच्च १६१.९४ अंकको वृद्धि भएको नेप्से मंगलबार ४४.१८ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक घटेर २९३६. ६० विन्दुमा झरेको छ । नेप्से १.४८ प्रतिशतले घटेको हो भने सेन्सेटिभ परिसूचक पनि ५.०५ अंकले घटेर ५४८.३५ विन्दुमा पुगेको छ ।

कूल २२२ वटा कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । यसले कारोबार रकमले पनि साथ छाडेको देखिन्छ ।

कारोबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड र अन्यबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ । मंगलबार पनि सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५२ रूपैयाँ २० पैसा पुगेको छ ।

मंगलबार आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । मंगलबार सर्वाधिक कारोबार हुने कम्पनीहरूको अग्रस्थानमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार ६ सय ९२ रूपैयाँ बराबरको कारोबार भएको हो । पछिल्लो केही दिनदेखि लगातार अरूण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको थियो भने युनाइटेड मोदी हाइड्रोपावरको धेरै कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL