Logo

घट्यो सुनको मूल्य, प्रतितोला ९१ हजार ४ सयमा कारोबार हुँदैं

घट्यो सुनको मूल्य, प्रतितोला ९१ हजार ४ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ सयले घटेर ९१ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोला ९१ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १२३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL