Logo

प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सयले बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोला ९० हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १२३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL