काठमाडौं । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँबाट नेपालगञ्ज आएको श्री एअरको जहाजबाट शुक्रबार नेपालगञ्ज आएका झापाका अमिर लगुन बिश्वकर्मा र मोरङका बिश्वमान खाती विमानस्थलबाट पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ४ किलो काँचो सुन र अढाई तोला गहना बरामद गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।