Logo

लघुवित्त तालिम सम्पन्न, १५ लघुवित्तका २५ शाखा प्रवन्धक सहभागी

लघुवित्त तालिम सम्पन्न, १५ लघुवित्तका २५ शाखा प्रवन्धक सहभागी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । देशभरका लघुवित्तमा कार्यरत शाखा प्रवन्धकहरुको लागि सञ्चालित ३ दिने शाखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । १५ वटा लघुवित्तका कुल २५ जना शाखा प्रवन्धकले उक्त तालिम लिएका थिए ।

Micro-finance

श्रवणकुमार सर्पोटले आयोजना गरेको सो तालिममा लघुवित्त कम्पनी सञ्चालनमा शाखा प्रवन्धकलाई दैनिक आईपर्ने समस्या समाधान गर्ने तरिकावारे जानकारी दिइएको थियो । यस्ता तालिमले आफ्नो कार्यप्रति उत्प्रेरित गरी कार्य सम्पादनमा सहयोग पुग्ने कार्यक्रम संयोजक निराजन घिमिरेले बताए ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठ, वित्तिय क्षेत्रका विज्ञहरु मेघराज गजुरेल, प्रकाश पोखरेल, गोविन्दबहादुर  राउत लगायतले तालिम दिएका थिए । यस्ता तालिमले लघुवित्तका क्षेत्रमा कार्यरत कर्मचारीको दक्षता अभिवृद्धीका लागि यसहयोग पुग्ने सरोकारवालाहरुको भनाइ थियो ।  देशका दुर्गम र वैकिङ सेवा उपलव्ध हुन नसकेको स्थानहरुमा उक्त सेवा उपलब्ध गराउनका लागि लघुवित्तले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्