Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९१ हजार २ सयमा कारोबार हुँदैं

सुनको मूल्य घट्यो, प्रतितोला ९१ हजार २ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले घटेर ९१ हजार २०० मा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोला ९१ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL