Logo

स्वास्थ्य मन्त्रालयको दाबी–‘दुवै खोप लगाएका ९० प्रतिशत नेपालीमा कोरोना भाइरसविरुद्ध ८० प्रतिशत ‘एन्टिबडी’ बन्यो’

स्वास्थ्य मन्त्रालयको दाबी–‘दुवै खोप लगाएका ९० प्रतिशत नेपालीमा कोरोना भाइरसविरुद्ध ८० प्रतिशत ‘एन्टिबडी’ बन्यो’



काठमाडौं । कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएका ९० प्रतिशत व्यक्तिमा भाइरस विरुद्ध एन्टिवडी बनेको पाइएको छ । असार २१ गते देखि साउन ३० गते सम्म देशभरका खोप लगाएका र नलगाएका १३ हजार १ सय ६१ जनामा गरिएको सर्वेक्षणले खोप लगाएका ९० प्रतिशत व्यक्तिको शरीरमा एन्टिवडी बनेको पाइएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको हो ।

यस्तै १ डोजमात्र खोप लगाएका व्यक्तिको शरिरमा भने ८० प्रतिशत एन्टिवडी बनेको मन्त्रालयले जनाएको छ । ६ महिना माथिको उमेरलाई समेटेर देशभरै गरिएको सर्वेक्षणले ६८ दशमलव ६ प्रतिशत व्यक्तिको शरिरमा कोरोना भाइरस विरुद्धको एन्टिवडी रहेको देखाएको छ ।

मन्त्रालयले हाल नेपालमा लगाईरहेको खोप निकै प्रभावकारी देखिएको भन्दै सबैलाई आफ्नो पालो अनुसार खोप अभियानमा सहभागी हुन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL