Logo

चीनीयालाई भिसा शुल्क नलाग्ने निणर्यको चीन उद्योग वाणिज्यद्धारा स्वागत,व्यापार बृद्धि हुने विश्वास

चीनीयालाई भिसा शुल्क नलाग्ने निणर्यको चीन उद्योग वाणिज्यद्धारा स्वागत,व्यापार बृद्धि हुने विश्वास


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । २०१६ मा नेपाल भ्रमण गर्ने चीनीया नागरिकलाई भीषा शुल्क नलाग्ने सरकारको निणर्यलाई नेपाल चीन उद्योग वाणिज्य स्वागत गरेको छ । आइतवार एक प्रेस विज्ञप्ति जारी गरि सो निणर्यको स्वागत गरेको हो ।

त्यस्तै चीन सरकारले आफ्ना नागरिकलाई नेपाल घुम्न सुरक्षित रहेको जानकारी दिएको छ । चीन सरकारले आफ्नो कन्सुलर अफिस मार्फत आफ्ना नागरिकलाई नेपाल घुम्न सरुक्षित रहेको सूचना सार्वजनिक गरेको हो ।

नेपाल तथा चीन वीचको एकमात्र प्रमुख व्यापारिक नाका तातोपान नाकालाई पुन सुचारु गर्ने कुरामा चीनले सहमति जनाएको छ । त्यस्तै अरनिको राजमार्गको पुनर्निमाण तथा विस्तार गर्नका लागि समेत दुइ पक्षीय सहमति भएको छ ।

नेपाली उत्पादनमा चीनीया सरकारले शुन्य भन्सार दर लागु गरे तापनि प्रक्रियागत कठिनाइ उत्पन्न भइरहको र यसलाई सहजीकरण गर्न चीनले निकै खुकुलो नीति लिनेमा समेत नेपाल चीन उद्योग वाणिज्यले खुसी व्यक्त गरेको छ । साथै चीनले नेपाली उत्पादनलाई उच्च प्राथमिकता दिने तथा नेपालको आवश्यक्ता अनुरुप औद्योगिक प्रणाली स्थापना गर्न समेत सघाउने विश्वास व्यक्त गरेको छ ।

हालै दुई देश वीच आर्थिक तथा व्यापारिक सम्बृद्धि तथा सहयोगका लागि भएको समझदारीको नेपाल चीन उद्योग वाणिज्य स्वागत गरेको छ । साथै यस कदमले अर्थतन्त्रलाई थप गति दिनुका साथै दुई देशको व्यापार अभिबृद्धि हुने, लगानी बृद्धि हुने तथा पर्यटन उद्योगको विकासमा टेवा पुग्ने विश्वास संघले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL