Logo

सुन आज प्रतितोला ९१ हजार ६ सयमा कारोबार हुँदैं, यस्तो छ चाँदीको मूल्य

सुन आज प्रतितोला ९१ हजार ६ सयमा कारोबार हुँदैं, यस्तो छ चाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहदै प्रतितोला ९१ हजार ६०० मा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि छापावाला सुन तोला ९१ हजार १ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्यमा भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL