Logo

विश्वका आधाभन्दा बढीले गर्दैनन् शरीरलाई आवश्यक व्यायाम, यी देशका नागरिक सबैभन्दा अल्छी

विश्वका आधाभन्दा बढीले गर्दैनन् शरीरलाई आवश्यक व्यायाम, यी देशका नागरिक सबैभन्दा अल्छी



काठमाडौं । उमेरअनुसार हरेक उमेरका मानिसहरुका लागि शारिरिक व्यायाम अनिवर्या मानिन्छ । शारिरिक व्यायामले शारिरिक स्वास्थ्यलाई मात्रै नभई मानसिक स्वास्थ्यलाई पनि उत्तिकै सकारात्मक प्रभाव पार्छ । हाम्रो शरिरमा रहेको रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा पनि शारिरीक व्यायामे उत्तिकै महत्वपूर्ण हुन्छ ।

तर, हालै गरिएको एक नयाँ अनुसन्धानले विश्वका आधाभन्दा बढी मानिसहरुले आफुलाई चाहिनेजति शारिरिक व्यायाम गर्ने गर्दैनन् । सो अध्ययन विभिन्न २९ देशका २१ हजार बढी वयस्क मानिसहरुलाई उनीहरुले दैनिक वा साप्ताहिक रुपमा गर्ने शारिरिक व्यायाम अर्थात खेल कत्तिको प्रभावकारी छ भनेर सोधिएको थियो । उक्त अध्ययनले एक औसत मानिसले हप्तामा ६ घण्टा अर्थात प्रतिदिन बढीमा १ घण्टाका दरले शारिरिक व्यायाम गर्ने गरेको देखियो ।

उक्त अनुसन्धान अनुसार सबैभन्दा बढी शारिरिक व्यायाम गर्ने मानिसहरु नेदरल्याण्डमा रहेको देखियो । सो देशका मानिसहरु हप्तामा १२ घण्टा बढी शारिरिक व्यायाम गर्छन । यस्तै नेदरल्याण्डकै ट्रेण्ड पछ्याउने जर्मनी र रोमानियाका मानिसहरु भने हप्तामा ११ घण्टा शारिरिक व्यायाम गर्ने गर्दछन् ।

यस्तै ब्राजिल, जापान, इटाली, चिली र फ्रान्सका नागरिकहरु भने सबैभन्दा कम व्यायाम गर्ने नागरिकमा परेका छन् । यी देशका नागरिकहरु हप्तामा ४ घण्टा वा सोभन्दा कम समय मात्रै व्यायाम गर्छन् ।

जापानका ३ मा १ जना अर्थात ३४ प्रतिशत नागरिकले भने आफुहरु कहिल्यै व्यायाम नगर्ने गरेको बताएका छन् । तर, नेदरल्याण्डमा भने ४ प्रतिशतले व्यायाम नगर्ने बताएका छन् । विश्वभर कहिल्यै व्यायाम नगर्नेको संख्या औषतमा १४ प्रतिशत रहेको उक्त अध्ययनले देखाएको छ ।

यस्तै सर्भेक्षण गरिएका कुल नागरिकहरुमध्ये आधाभन्दा बढी अर्थात ५८ प्रतिशत नागरिकहरुले खेल खेल्न चाहना धेरै हुने बताएका छन् भने जम्मा ६ प्रतिशतले कम मात्रै खेल्ने चाहना हुने बताएका छन् । यसरी खेल खेल्ने र व्यायाम गर्ने नागरिकहरुको कमी हुनुमा अपर्याप्त समय रहेको बताईएको छ । यस्तै पैसाको कमी, मौसमलगायत अन्य कारणहरुले पनि खेल खेल्ने वातावरण नबनेको बताईएको छ ।

आफुलाई चुस्त राख्न अनुसन्धानमा आवद्ध मानिसहरुमध्ये १९ प्रतिशतले कुद्ने, १३ प्रतिशतले साईकल चलाउने, १० प्रतिशतले फुटबल वा बल खेल्ने र ९ प्रतिशतले स्विमिङ गर्ने बताएका थिए ।यस्तै रग्बी र हक्की खेल्नेको संख्या भने ज्यादै न्युन अर्था १ प्रतिशतभन्दा कम छ ।

शारिरिक व्यायाममा प्रतिहप्ता महिलाभन्दा पुरुषहरु ९० मिनेट बढी समय अघि रहेको पाईएको छ । जसमा सबैभन्दा सक्रिय पुरुषहरु नेदरल्याण्डमै रहेका छन् । त्यहाँका पुरुषहरुले प्रतिहप्ता १५ दशमलव २ घण्टा समय व्यायाममा विताउने गरेको बताएका छन् । यस्तै ब्राजिल र जापानका पुरुषहरु यो मामलामा सबैभन्दा अल्छी देखिए । अध्ययनअनुसार उनीहरुले प्रतिहप्ता क्रमशः ३.४ र ३.९ घण्टा मात्रै व्यायाम गर्ने गरेको बताएका छन् ।

जर्मनीका महिलाहरु व्यायाममा सबैभन्दा धेरै सक्रिए देखिँदा उनीहरुको पछि–पछि डच र रोमानियाका महिलाहरु पनि छन् । तर, इटाली, ब्राजिल र जापानका महिलाह शारिरिक व्यायाममा सबैभन्दा अल्छी रहेको पाईएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL