Logo

सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार )सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले बढेर प्रतितोला ९१ हजार ६०० मा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोला ९१ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL