Logo

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, तत्काल बाटो सञ्चालन हुने सम्भावना कम

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, तत्काल बाटो सञ्चालन हुने सम्भावना कम



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहीबार राति ८ : २० बजेको समयमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने सेतीदोभानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल बाटो सञ्चालन हुने सम्भावना छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL