Logo

पुनःश्रम स्वीकृति त्रिभुवन विमानस्थलबाटै, ६ महिनाभित्र लागु गरिने

पुनःश्रम स्वीकृति त्रिभुवन विमानस्थलबाटै, ६ महिनाभित्र लागु गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल सरकारले त्रिभुवन विमानस्थलबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था गर्न लागेको छ । व्यक्तिगत रुपमा विदेश गई फर्केर आएका कामदारलाई त्रिभुवन अन्तररष्ट्रिय विमानस्थलमै आमगमन कक्ष स्थापना गरी अभिलेख राख्ने र पुनः श्रम स्वीकृति दिने व्यवस्था गर्न लागेको हो ।

आगामी ५ महिनाभित्र सो व्यवस्था गर्न लागेको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गत मङ्सिर २४ गते पारीत गरेको ‘तत्काल सुधार कार्ययोजना’ मा यस्तो उल्लेख गरिएको छ ।
श्रम स्वीकृति सहज बनाउने निणर्य भएपनि हालसम्म पूर्वाधार भने तयार नभएको वैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मीले बताए । उनका अनुसार श्रम स्वीकृतिका लागि कर्मचारीको व्यवस्था, अनलाइन वेस डकुमेन्टलगायत पूर्वाधार आवश्यक पर्छ । सोको लागि कारवाही भने अघि बढाइएको रेग्मीले जानकारी दिए ।

न्यून लागतमा कामदार पठाउन प्रमुख गन्तव्य मुलुकसँग तीन महीनाभित्रै श्रम सम्झौता गर्ने, निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्थाअनुरुप काम भए\नभएको अनुगमन गरिने कार्ययोजनामा उल्लेख छ ।

स्तरोन्नत्तियुक्त एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली लागू गरी वैदेशिक रोजगारमा जाने आउनेको विवरण छ महीनाभित्र अभिलेखिकरण गरिसक्ने कार्ययोजनामा छ ।

सो कार्ययोजनामा नेपालको विदेशस्थित नियोगले नेपाली कामदार तथा नेपाली नागरिकलाई पु¥याउने सेवा, सुविधा अझ सहज तथा प्रभावकारी बनाउने उल्लेख छ ।

साथै वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारका परिवारले पाउने सहयोग रकम समयमै दिलाउन परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयले समन्वय गरी कार्य गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL