Logo

प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिदैं, भीम आचार्य मुख्यमन्त्री बन्ने

प्रदेश १ का मुख्यमन्त्री राईले राजीनामा दिदैं, भीम आचार्य मुख्यमन्त्री बन्ने



काठमाडौं । एमाले विभाजनको असर प्रदेश १ मा पर्ने निश्तित भएसँगै सरकार ढल्ने आशंकाका बीच मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने भएका छन् । माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेपछि प्रदेश १ सरकारको नेतृत्व हेरफेर हुने भएको हो ।

नेकपा एमालले सदहरूले कित्ता क्लियर गर्नुअघि नै आफ्नै दलको नेतृत्वमा नयाँ सरकार बनाउने रणनीति अनुसार राईले राजीनामा दिन लागेको बताइूएको छ । असन्तुष्ट सांसदहरूलाई माधव नेपालको पार्टीमा जानबाट रोक्न मन्त्रालय दिएरै भए पनि एमालेले सरकार टिकाउने पहल गरेको हो ।

सोका लागि एमालेले आजका लागि संसदीय दलको बैठक बोलाएको छ । सोही रणनीतिअनुसार आजको बैठकमा मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिने र त्यसमा भीम आचार्यलाई चयन गर्ने तयारी रहेको एमाले स्रोतले बताएको छ । बैठकमा राईले दलको नेता पद त्यागेलगत्तै प्रदेश प्रमुखकहाँ गएर मुख्यमन्त्री पदबाट पनि राजीनामा दिने उनीनिकट स्रोतको भनाइ छ । एकताको पक्षमा उभिएका पार्टी सचिव आचार्यलाई मुख्यमन्त्री बनाउन राईले राजीनामा दिन लागेका हुन् । राईको राजीनामालगत्तै संसदीय दलको बैठकले आचार्यलाई प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा सिफारिस गर्ने तयारी छ ।

प्रदेशसभामा सभामुखसहित एमालेका ५१ सांसद छन् । तीमध्ये कतिजना नयाँ पार्टीमा लाग्छन् भन्ने यकिन हुन बाँकी छ । तर, बुधबार निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका सांसद राजेन्द्र राईले सो पार्टीमा एक दर्जन बढी सांसद रहने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL