Logo

कुलमान नियुक्तीको सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश, दियो ३ दिनको अल्टिमेटम

कुलमान नियुक्तीको सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश, दियो ३ दिनको अल्टिमेटम



काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तीको सक्कल मिसिल झिकाउन आदेश दिएको छ । उनीविरुद्ध पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले मंगलबार सक्कल मिसिल झिकाउन आदेश दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले सक्कल फाइल झिकाउन आदेश दिएको हो।

आदेशमा शाक्यलाई नियुक्ति दिन सरकारले गरेको निर्णय, जल तथा ऊर्जा आयोगमा विशेषज्ञ पदमा गरेका नियुक्ति र कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने मन्त्रिपरिषदको २०७८ साउन २५ को निर्णयका साथै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णय पनि ३ दिनभित्र झिकाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्