Logo

अख्तियारले शुरु गर्यो ट्रान्सफरमर निरीक्षण, इन्जिनियर सहितको विशेष टोली परिचालन

अख्तियारले शुरु गर्यो ट्रान्सफरमर निरीक्षण, इन्जिनियर सहितको विशेष टोली परिचालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि ट्रान्फरमरको निरीक्षण शुरु गरेको छ । ट्रान्फरमर पड्कने तथा विद्युत आपूर्तिमा समस्या बढ्दै गएपछि अख्तियारले अनुगमन तथा निरीक्षण शुरु गरेको हो ।

अख्तियार स्रोतका अनुसार के कारणले ट्रान्सफरमर जल्ने क्रम बढेको हो सोको वारेरमा निरीक्षण गरिने छ । ‘ट्रान्सफरमर जल्ने, भनेको समयमा विजुली नदिनेजस्ता गुनासाहरु आएका छन्,’ अख्तियारका एक अधिकारीले भने, ‘उपभोक्ताबाट धेरै उजुरी आएपछि हामीले अनुगमन शुरु गरेका हौं ।’

अख्तियारले अनुगमनमा इन्जिनियर, प्रहरी सहितको विशेष टोली खटाएको छ । उक्त टोलीले के कति कारणले ट्रान्फरमर  पड्कििएको हो सो को निरीक्षण गर्ने छ । साथै, कम गुणस्तरको ट्रान्सफरमर भेटिएमा सम्बद्ध पक्षलाई कडा कारवाही गरिने समेत अख्तियारले जानकारी दिएको छ । पछिल्लो समय  ५ सयभन्दा बढी ट्रान्सफरमर पड्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL