Logo

सुनको मूल्य तोलामा ५ सयले बढयो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा ५ सयले बढयो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सयले बढेर प्रतितोला ९१ हजार ६०० मा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोला ९१ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL