Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ९१ हजार १ सयमा कारोबार हुँदैं

सुनको मूल्य बढ्यो, प्रतितोला ९१ हजार १ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले बढेर प्रतितोला ९१ हजार १०० मा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोला ९० हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL