Logo

जापानले अनुदानमा दिएको खोप धमाधम आइपुग्दैं, आज थप ६ लाख डोज खोप आउँदैं

जापानले अनुदानमा दिएको खोप धमाधम आइपुग्दैं, आज थप ६ लाख डोज खोप आउँदैं



काठमाडौं । जापानले नेपाललाई अनुदानमा दिएको करिब ६ लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दैछ । खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत् आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

यसअघि शनिबार २ लाख डोज खोप ल्याइएको थियो। यस्तै, साउन २३ र २४ गते ८ लाख डोज खोप काठमाडौं आइपुगेको थियो । जापानले कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख १४ हजार ७४० डोज अस्ट्राजेनेका खोप सहयोग गरेको छ।

प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा १ करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ ।

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ जनाले पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL