Logo

दलीय भागबण्डा मिलाउन फेरी फुटाइयो मन्त्रालय, मानेन प्रशासन सुधार आयोगको सुझाव

दलीय भागबण्डा मिलाउन फेरी फुटाइयो मन्त्रालय, मानेन प्रशासन सुधार आयोगको सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले दलीय भागबण्डा नमिलेपछि पुन मन्त्रालय फुटाएको छ । सरकारमा सहभागी सवै दललाई मन्त्रालय नपुगेपछि सरकारले प्रशासन सुधार आयोगको सुझाव विपरित मन्त्रालय फुटाएको हो । सरकारले विहीबार पनि मन्त्रालय फुटाएर भागबण्डा मिलाएको थियो ।

सरकारले शुक्रबार बाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि विकास मन्त्रालयलाई फुटाएको छ । बाणिज्य र आपुर्तिलाई छुट्टाुछुट्टै मन्त्रालय बनाइएको छ भने कृषि विकासलाई कृषि र पशु मन्त्रालय बनाइएको छ ।

बाणिज्य मन्त्रीमा तत्कालिन मन्त्री गणेशमान पुन नै छन् भने आपूर्ति मन्त्रालयको जिम्मेवारी दिपक बोहोरालाई दिइएको छ । उनी विहीबार मात्रै श्रम तथा रोजगार मन्त्री बनेका थिए ।

सरकारले हरिवोल गजुरेललाई कृषिमन्त्री बनाएको छ भन पशु विकास मन्त्रालयको जिम्मेवारी शान्ता मानवीलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL