Logo

बिल गेट्सलाई मन पर्यो ‘ओयो’, माइक्रोसफ्टले गर्यो आधा अर्ब बढी लगानी

बिल गेट्सलाई मन पर्यो ‘ओयो’, माइक्रोसफ्टले गर्यो आधा अर्ब बढी लगानी



काठमाडौं । विश्वकै प्रमुख प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशन टेक्नोलोजी (माइक्रोसफ्ट) ले मा ओयोमा आधा अर्ब बढी लगानी गरेको छ । आतिथ्य क्षेत्रको कम्पनी ओयोले एक सूचना जारी गर्दै माइक्रोसफ्टले ओयोमा ५० मिलियन डलर (लगभग ६० करोड रुपैयाँ) लगानी गरेको जनाएको छ ।

लगानी इक्विटी शेयर र अनिवार्य रूपान्तरण योग्य प्राथमिक शेयरको माध्यमबाट गरिएको ओयोको सञ्चालक कम्पनी रहेको ओरवेल स्टेज प्रालिले जानकारी दिएको छ ।

ओरवेल प्राइवेट लिमिटेड होटलका कोठा चलाउने चेन कम्पनी हो । कम्पनीको १६ जुलाईमा सम्पन्न विशेगा साधारण सभाले कम्पनीको निजी बाँडफाँडको आधारमा माइक्रोसफ्ट कर्पोरेसनलाई ५० लाख डलरको अनिवार्य रूपान्तरात्मक प्राथमिक शेयर र इक्विटी शेयर जारी गर्न अनुमोदन गरेको हो ।

‘सम्झौताअनुसार ओयोले १० रुपैयाँको अंकित मूल्यको पाँच इक्विटी ५८४९० अमेरिकी डलर बराबरको भारतीय रुपैयाँको इश्यू मूल्यमा जारी गर्नेछ । यसबाहेक, एफ २ सीरिजको १०० रुपैयाँको अंकित मूल्यसहित ८० सीसीसीपीएस ५८४९० डलरको एफ २ मूल्यमा भारतीय रुपैयाँ बराबरको शेयर जारी गर्न स्वीकृत भएको छ’, ओरवेलले जारी गरेको विज्ञप्तिमा छ ।

माइक्रोसफ्टका संस्थापक बिल गेटसलाई ओयोको विजनेस प्लान मन परेसँगै माइक्रोसफ्टले लगानीको निर्णय गरेको बताइएको छ । – नवभारत टाइम्सबा

प्रतिक्रिया दिनुहोस्
MBL