Logo

व्यवसायी र कामदरलाई महासंघको कोरोना विरुद्धको खोप कार्यक्रम संचालन, ६ सय जनाले लगाए भेरोसेल

व्यवसायी र कामदरलाई महासंघको कोरोना विरुद्धको खोप कार्यक्रम संचालन, ६ सय जनाले लगाए भेरोसेल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्यमी, व्यवसायी तथा कामदार कर्मचारीका लागि कोरोना विरुद्धको खोप लगाएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय/स्वास्थ्य सेवा विभागको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले आफ्नै भवनमा उद्योगी व्यवसायीहरूका लागि कोभिड विरूद्धको खोप कार्यक्रम संचालन गरेको हो ।

महासंघले निजी क्षेत्रलाई पहिलो प्राथमिकता दिई खोप उपलव्ध गराउन सरकारलाई गरेको आग्रहलाई स्वीकार गर्दै विभागबाट खोप कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा महासंघका सदस्य संघ संस्था आवद्ध उद्यमी व्यवसायीहरू, कामदार कर्मचारीहरू तथा परिवारजनलाई खोप दिइएको थियो । उक्त कार्यक्रममा करिव ६ सय जनाले भेरोसेल खोप लगाएका छन् । सरकारको स्वास्थ्य मापदण्ड पुुरा गरी संचालन गरिएको खोप कार्यक्रम सांझ ४ बजेसम्म चलेको थियो ।

खोप कार्यक्रमको शुुभारम्भ महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल, चलचित्र तथा मनोरन्जन फोरमका सभापति आकाश अधिकारी, स्वास्थ्य तथा शीप विकास समितिका सह–सभापति भक्तबहादुर हमालले संयुक्त रूपमा गरेका थिए । ‘हामीले स्वास्थ्य मन्त्रालयसँग उद्यमी व्यवसायी तथा कामदारलाई कोरोना विरुद्धको खोप दिन आग्रह गरेका थियौं,’ स्वास्थ्य समितिका सभापति ढकालले भने, ‘सोही अनुरुप आज महासंघकै सचिवालयमा खोप कार्यक्रम संचालन गर्यौैं ।’ साथै आगामी दिनमा देशभरका उद्यमी व्यवसायी तथा कामदार कर्मचारीका लागि कोरोना विरुद्धका थप खोप उपलब्ध गराउन सरकारसँग पहल गरिने समेत ढकालले जानकारी दिए ।

संघीय सरकारले निजी क्षेत्रलाई प्राथमिकताका साथ कोभिड विरूद्धको खोप उपलब्ध गराए जस्तै सबै प्रदेश सरकारहरूले पनि आ–आफ्ना प्रदेशमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन महासंघ सम्बन्धित प्रदेश सरकारहरूसंग अनुरोध गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL