Logo

कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा, यस्तो छ मन्त्रिपरिषद बैठकको निर्णय

कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा, यस्तो छ मन्त्रिपरिषद बैठकको निर्णय



काठमाडौं । सरकारले कृष्ण जन्मअष्टमीमा सार्वजनिक विदा दिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । आजको मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले गाईजात्रामा पनि नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको बताए ।

भदौ ७ मा गाईजात्रा छ। यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्