Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९० हजार ८ सयमा कारोबार हुँदैं

सुनको मूल्य घट्यो, प्रतितोला ९० हजार ८ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सयले घटेर प्रतितोला ९० हजार ८०० मा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ९१ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ११८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL