Logo

अर्थमन्त्रीले गरे राजस्व प्रशासनमा महत्त्वपूर्ण हेरफेर, आन्तरिक राजश्वमा पौडेल र भन्सार विभागमा सापकोटा ल्याइयो

अर्थमन्त्रीले गरे राजस्व प्रशासनमा महत्त्वपूर्ण हेरफेर, आन्तरिक राजश्वमा पौडेल र भन्सार विभागमा सापकोटा ल्याइयो



काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले राजस्व प्रशासनमा महत्त्वपूर्ण हेरफेर गरेका छन् । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार आन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक हेरफेर गरिएको छ ।

‘मन्त्री शर्माको चाहनाअनुसार आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाई हटाएर शोभाकान्त पौडेललाई र भन्सार विभागका महानिर्देशक यामलाल भुसाललाई हटाएर नारायणप्रसाद सापकोटालाई ल्याइएको छ’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्
MBL