Logo

कति धनी छ तालिबान, कहाँबाट कमाउँछ वार्षिक अर्बौ रुपैयाँ ?

कति धनी छ तालिबान, कहाँबाट कमाउँछ वार्षिक अर्बौ रुपैयाँ ?



काठमाडौं । एक आश्चर्यजनक घटनामा तालिवानले आइतबार (अगस्त १५) अफगानिस्तानको राजधानी काबुल कब्जा गरी अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गर्यो । काबुल कब्जा गरेसँगै विश्वकै लागि एकदमै खतरनाक र अमानवीय गतिविधीका कारण कुख्यात तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न अपिल गरेको छ ।

अल जजीरा टिभीसँग कुरा गर्दै तालिबानका प्रवक्ता मोहम्मद नईमले तालिबान एक्लै बस्न नचाहेको र शरिया कानून अन्तर्गत महिला र अल्पसंख्यकहरुको अधिकारको सम्मान गर्ने बताएका छन् । ‘हामी सबै देश र संस्थाहरुलाई जुनसुकै समस्या समाधान गर्नको लागि पनि हामीसँग मिलेर काम गर्न आग्रह गर्दछौं,’ उनले अल जजीरा टिभीसँगको एक साक्षात्कारमा भनेका छन् ।

कति धनी छ तालिवान ?

सन् २०१६ मा फोब्र्सले तालिबानलाई १० आतंकवादी संगठनहरुको पाँचौ धनीको सूचीमा राखेको थियो । आईएसआईएस सो सूचीमा २ अर्ब डलरको कारोबारसँगै पहिलो स्थानमा रहेको थिाये भने र तालिबान ४०० मिलियन डलर (करीब ५० अर्ब नेपाली रुपैयाँ) को वार्षिक कारोबारसँग पाँचौं स्थानमा रहेको थियो । फोब्र्सका अनुसार तालिबानको आम्दानीको मुख्य स्रोत ड्रग्स तस्करी, जर्बजस्ती असुली र चन्दा रहेको छ ।

तालिबानले कसरीे पैसा कमाउँछन ?

रेडियो फ्रि यूरोप र रेडियो लिबर्टीले हात पारेको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को एउटा गोप्य दस्तावेज अनुसार तालिवानको सन २०१९–२० को वार्षिक आम्दानी १ अर्ब ६ करोड डलर रहेको छ । रेडियो फ्रि यूरोपले तालिवानले यो आम्दानी कसरी गर्यो भन्नेबारे विस्तृतमा उल्लेख गरेको थियो ।

नाटोको सो रिपार्टका अनुसार तालिवानले विभिन्न खानीहरुबाट ४६४ मिलियन डलर, ड्रग्सबाट ४१६ मिलियन डलर, विदेशबाट आएको दान (डोनेसन) बाट २४० मिलियन डलर, निर्यातबाट २४० मिलियन डलर, गैरकानूनी संरक्षण तथा जर्बजस्ती करबाट १६० मिलियन डलर, घरजग्गाबाट ८० मिलियन डलर आर्जन गरेको थियो । नाटोको रिपोर्टमा यो उल्लेख गरिएको थियो कि तालिबान नेतृत्व स्वतन्त्र राजनीतिक र सैन्य इकाई बन्नको लागि आत्मनिर्भर बन्नेमा केन्द्रित थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL