Logo

राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी, एमाले विभाजन हुने निश्चित

राष्ट्रपति भण्डारीद्वारा दल विभाजनसम्बन्धी अध्यादेश जारी, एमाले विभाजन हुने निश्चित



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका स्रोतकाअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्यार्एमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । योसँगै विभाजनको संघारमा रहेको नेकपा एमाले पार्टी विभाजन हुने निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्