Logo

मौद्रिक नीति सन्तुलित आएको सिविफिनको प्रतिक्रिया, भन्याे-सीसीडी हटाएर सीडी ताेक्दा तरलता अभाव हुँदैन

मौद्रिक नीति सन्तुलित आएको सिविफिनको प्रतिक्रिया, भन्याे-सीसीडी हटाएर सीडी ताेक्दा तरलता अभाव हुँदैन



काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीति संनुलित रुपमा आएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल –सिविफित)ले जानकारी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सिविफिनले नेपाल राष्ट्र बैंकले पछिल्लो प्रकोप र यसले पारेको असरलाई न्युनिकरण गर्नेगरी सन्तुलित मौद्रिक नीति ल्याएको बताएको हो ।

कोभिड–१९ को संक्रमण र बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट सृजित समस्याहरुको न्यूनिकरण, जनअपेक्षाको सम्बोधन र विषम परिस्थितिबाट संकुचित आम व्यवसाय तथा अर्थतन्त्रलाई गतिशिल बनाउँदै कोभिडपूर्वकै लयमा फर्काउनका लागि चालु आवको मौद्रिक नीति महत्वपूर्ण हुने सिविफिनको ठहर छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत शुक्रबार चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका थिए ।
जारी मौद्रिक नीतिले विगत र वर्तमानका आन्तरिक एवं बाह्य आर्थिक सूचक एवं परिदृष्यहरुलाई दृष्टिगत गर्दै मुलुकको वर्तमान विषम परिस्थितिका आवश्यकताहरुमाथि केन्द्रित भइ अबलम्बन गरेका कार्यदिशा र नीतिहरुले विगतमा जस्तै सुखद र सकारात्मक परिणाम दिनेमा सिबिफिन विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

मौद्रिक नीति निर्माणका क्रममा सरोकारवाला पक्षहरुबाट प्राप्त भएका सुझावहरुको सम्बोधनले पनि नीति निर्माणमा सहभागितामूलक दृष्टिकोण अपनाइएको विषयलाई प्रमाणित गर्ने सिविफिनको भनाई छ । यस्तै सिविफिनले बृहत अध्ययन तथा विश्लेषणका आधारमा बुझाएका सुझावहरुमध्ये गाभ्ने, गाभिने र प्राप्ति सम्बन्धी विषय, सुक्ष्म निगरानी कर्जा, निर्देशित कर्जाको समयावधि थपलगायतका विषयहरु पनि मौद्रिक नीतिमा समेटिएका छन् । साथै एसएमईजहरुको पुनरुत्थान, विकास एवं विस्तार, शाखा कार्यालय व्यवस्थापन, बैंकिङ प्रणालीमार्फत विप्रेषण भित्र्याउने, सहवित्तीयकरणमा प्रदान गरिने कर्जाको सिमा, संचालकमा उम्मेदवारी, प्रादेशिक विकास बैंक तथा वित्तीय संस्थाहरुको सम्पर्क कार्यालय संचालन, नगद कारोवार, बिभिन्न कर्जाहरुको निरन्तरतालगायतका अत्यन्तै व्यवहारिक सुझावहरु मौद्रिक नीतिमा सम्बोधन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL