Logo

तोलामा ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सयले बढेर प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोला ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL