Logo

पछिल्लो २४ घण्टामा ३४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ एन्टिजेन परीक्षण गर्दा ८ सय ८५ गरी ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४ सय ५८ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८ सय ३८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ भने ६ लाख ८५ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्